हिपमत डटकम

आइतबार, मंसिर २२, २०८२ || 1558  पटक पढिएको

काठमाडौँ ।सुरक्षित आकाश’ भन्ने नारासहित आज विश्वभर अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदैछ। विशेषगरी अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (ICAO) का सदस्य मुलुकहरूले यस दिवसलाई औपचारिक रूपमा मनाउँछन्।

सन् १९९४ डिसेम्बर ७ मा आइकाओ स्थापना भएको ५०औँ वर्ष पूरा भएको अवसरमा पहिलोपटक यो दिवस मनाउन थालिएको हो। त्यसपछि सन् १९९६ मा संयुक्त राष्ट्रसंघ महासभाले यस दिवसलाई आधिकारिक मान्यता प्रदान गरेको थियो।

यस दिन विश्वव्यापी हवाई सेवाले सामाजिक तथा आर्थिक विकासमा पु-याएको योगदानको स्मरण गरिन्छ। साथै मानव यात्रालाई सहज बनाउन द्रुत र सुरक्षित अन्तरराष्ट्रिय हवाई सञ्जाल निर्माणमा आइकाओले खेलेको भूमिकालाई विशेषरूपमा उल्लेख गरिन्छ।

आइकाओका अनुसार सन् २०३० सम्मका दिगो विकास लक्ष्य (SDGs) हासिल गर्ने प्रक्रियामा हवाई सेवा राष्ट्रहरूलाई जोड्ने मुख्य माध्यम भएकाले यस दिवसको महत्व अझ बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!