
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरबाट १८ दिनपछि आज (शुक्रबार) नेपाल फर्किने तयारीमा हुनुहुन्छ। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सभापति देउवा र उनकी श्रीमती, कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा, दम्पती आज नेपाल फर्कने जानकारी दिएका छन्।

तर, फर्किने निश्चित समय भने तय नभएको प्रवक्ता महतले जानकारी दिए। “उपचारका लागि सिंगापुर जानुभएका सभापति दम्पती आज फर्किने कार्यक्रम छन्, तर समय एकिन छैन,” उनले रातोपाटीसँग भने। साँझ फर्किने भए पनि कति बजे विमानस्थलमा हुने भन्ने कुरा हालसम्म तय भएको छैन।
देउवा दम्पती कात्तिक १० गते राति उपचारका लागि सिंगापुर गएका थिए। यसअघि, जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवास बुढानीकलण्ठमा दम्पती मरणासन्न अवस्था पुग्ने गरी कुटिएका थिए। त्यसपछि करिब एक महिनासम्म छाउनीस्थित सैनिक अस्पतालमा उपचार गर्नुपरेको थियो।
आन्दोलनपछि लामो समय सार्वजनिक कार्यक्रममा नदेखिएका देउवा दम्पती असोज २८ गते मात्र पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठकमा देखिएका थिए। सोही दिन, सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए