हिपमत डटकम

शुक्रबार, कार्तिक २९, २०८२ || 4078  पटक पढिएको

विराटनगर — “जेनजी आन्दोलन” का क्रममा भदौ २४ गते प्रहरी गाडी र चौकीमा आगजनी गर्ने आरोपमा मोरङ प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीबार ६ र शुक्रबार ४ गरी १० जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको मोरङ प्रहरी प्रमुख, एसपी कवित कटुवालले जानकारी दिए।

पक्राउ परेका व्यक्तिहरू विराटनगर र जहदा गाउँपालिकाका रहेको भए पनि अनुसन्धान जारी रहेकाले नाम सार्वजनिक गरिएको छैन। एसपी कटुवालले भने, “केन्द्रको निर्देशनअनुसार भदौ २४ गतेको घटनामा संलग्न प्रदर्शनकारीलाई खोजी गरी अनुसन्धान अघि बढाएका छौं।”

घटनामा प्रदर्शनकारीहरूले मोरङको प्रहरी सीआरभी गाडी र जहदा गाउँपालिका स्थित मझारे प्रहरी चौकीमा आगजनी गरी क्षति पुर्‍याएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!