हिपमत डटकम

शुक्रबार, कार्तिक २९, २०८२ || 4498  पटक पढिएको

जनकपुरधाम — मधेस प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरले सुरक्षा जोखिम बढेको भन्दै जनकपुरधामस्थित प्रदेशसभा भवनभित्रको आवास छाडेकी छन्।

हालै प्रदेशसभामा तीव्र राजनीतिक तनाव सिर्जना भएको र सभामुखविरुद्ध दर्ता भएको ‘पदअनुकूल आचरण नगरेको’ प्रस्तावपछि वातावरण असहज बनेकाले यस्तो निर्णय गरेको उनले बताइन्।

उपसभामुख राउतका अनुसार, “प्रदेशसभामा राजनीतिक तनाव बढेको छ। कार्यकक्षमै सांसदहरू थुनिने, विवाद बढ्ने, हातापाईको प्रयाससम्मका घटना देखिँदा म पनि असुरक्षित महसुस गरिरहेको छु। सुरक्षा निकायको सुझावअनुसार आवास छोडेकी हुँ।”

उनले अब जनकपुरधामकै निजी निवासबाट अस्थायी रूपमा बसोबास गर्ने बताइन्। प्रदेशसभामा आफ्नो जिम्मेवारी भने सामान्य रूपमा निर्वाह हुने उनको भनाइ छ।

सभामुख रामचन्द्र मण्डलविरुद्ध प्रस्ताव दर्ता भएपछि सत्ता–प्रतिपक्षबीचको विवाद चर्किँदै गएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!