
धनुषा । मधेस प्रदेश भवन अगाडि बुधबार सात दलका नेता तथा कार्यकर्ताहरूले धर्ना दिएका छन्। नेपाली कांग्रेसका नेता वीरेन्द्र सिंह, जसपाका सचेतक रामआसिस यादव लगायतका नेता–कार्यकर्ताहरू धर्नामा सहभागी भएका हुन्। धर्नाका कारण प्रदेश भवनअगाडिको सडक अवरुद्ध बनेको छ।

यसअघि मङ्गलवार मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरिरहेको बेला पनि सात राजनीतिक दलका नेता–कार्यकर्ताले मधेस भवन बाहिर प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा १६ जनाभन्दा बढी घाइते भएका थिए।