हिपमत डटकम

बुधबार, कार्तिक २७, २०८२ || 1004  पटक पढिएको

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनको माग गर्दै भएको महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर रुजु गर्नेतिर लाग्दा पार्टी अप्ठारोमा पर्ने सक्ने भन्दै सचेत गराएका छन् । (मंगलबार) केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले विशेष महाधिवेशनको निर्णय केन्द्रीय समितिले नै गर्नुपर्ने बताए ।

‘विशेष महाधिवेशनको माग गर्नेहरूको हस्ताक्षर प्रमाणीकरण सुरु गरेको दिनदेखि नै विभाजनको मनोविज्ञान सिर्जना गर्छ। ४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौँ भने पनि विभाजन त भयो नि। बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना हुन्छ,’– उनले भने ।

नेता डा.कोइरालाले पार्टीभित्रको विवाद समाधान गर्नको लागि आफ्नो समन्वयकारी भूमिका रहने पनि बताए । कांग्रेसमा मध्यमार्गी भूमिका खेल्नेहरूले नै जित्ने उनको भनाइ छ । उनले नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशन बाध्यात्मक रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!