काठमाडौं — रास्वपा सांसद डा. तोशिमा कार्कीले बहुविवाह कानुनी बनाउन लागिएको भन्ने सामाजिक सञ्जाल र मिडियामा फैलिएको चर्चाप्रति गम्भीर चासो व्यक्त गरेकी छन्।

उक्त विषयमा स्पष्ट जानकारी लिन डा. कार्कीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका मन्त्रीसँग भेट गर्दै औपचारिक पत्र बुझाएकी हुन्। पत्रमार्फत उनले हालसालै मन्त्रालयमा बहुविवाहसम्बन्धी कुनै मस्यौदा तयार गरिएको वा छलफल भएको हो वा होइन, यदि भएको हो भने त्यसको कानुनी आधार के हो भनेर स्पष्ट विवरण माग गरेकी छन्।

साथै, यस्ता हल्लाले जनमानसमा भ्रम सिर्जना गरिरहेको भन्दै उनले मन्त्रालयलाई आधिकारिक रूपमा खण्डन गर्न र जनचेतनामूलक वक्तव्य जारी गर्न पनि आग्रह गरेकी छन्।

डा. कार्कीले बहुविवाह हालको कानूनअनुसार दण्डनीय अपराध रहेको स्मरण गराउँदै सरकार यस विषयमा स्पष्ट, गम्भीर र जिम्मेवार हुनुपर्ने माग राखेकी छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!